नेपाल इन्स्योरेन्सद्धारा ८.४२११ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँबराबरको नगद लाभांश छन् । 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया