काठमाडौं - मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारण सभा आयोजना गर्ने भएका छन् । कात्तिक ४ गते बसेको दुवै कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा एकैदिन कात्तिक २८ गते आयोजना गर्ने निर्णय गरेको हो ।
ज्योति लाइफको सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट र सूर्या लाइफको विराटनगरस्थित होटेल हैरियन प्यालेसमा बिहान ९ बजेबाट हुनेछ ।
दुवै सभाले ज्योति लाइफ र सूर्या लाइफ आपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रस्तावत पारित गर्नेछ । मर्जरपछि कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
सभाले सेयर अनुपात १००ः८२.४५ पनि पारित गर्नेछ । जसअनुसार सूर्या लाइफको १ कित्ता सेयरबराबर ज्योति लाइफको ०.८२४५ कित्ता सेयर कायम हुनेछ । सभाले मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्र तथा गाभ्ने गाभिने सम्बन्धमा भए गरेका अन्य सम्पूर्ण कामकारबाही पनि स्वीकृत गर्नेछ ।
मर्जर प्रयोजनका लागि दुवै कम्पनीको सेयर दाखिल खारेज तथा कारोबार गत असार १३ गतेदेखि रोक्का रहेको छ ।
प्रतिक्रिया