काठमाडौं - लक्ष्मी क्यापिटलले वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारण सभा कात्तिक २७ गते हुने भएको हो ।
सभा लक्ष्मी बैंक लिमिडेट, हात्तिसार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया