काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०ले वार्षिक साधारण सभा बोलाएको छ ।
कार्तिक ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा मंसिर १० गते अनुपम फुडल्यान्ड काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सभा बिहान ९ बजेदेखि सुरु हुने छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले मंसिर १ गतेभन्दा अगाडि सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रतिक्रिया