साइप्रसमा नेपाली कामदारलाई राजगारको अवसर, मासिक तलब एक लाख ६८ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको आइया नापा सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ६ जना पुरुष र ८ जना महिला गरी जम्मा १४ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब एक लाख २६ हजार माथिदेखि एक लाख ६८ हजार बढि पाउनेछ । इच्छुक कामदारले सुन्दर नेपाल ओभरर्सिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा कार्तिक १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क,  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया