ज्योती लाईफका शेयरधनीले सूर्य ज्योती लाईफमा १ कित्ता शेयरवापत ०.८२४५ कित्ता शेयर पाउने

३ बर्ष अगाडि

काठमाडौं - सूर्य लाईफ इन्स्योरेन्ससँग मर्जरको अन्तिम चरणमा प्रवेश गरेको ज्योती लाईफ इन्स्योरेन्सका शेयरधनीले सूर्य ज्योती लाईफ इन्स्योरेन्समा १ कित्ता शेयरवापत ०.८२४५ कित्ता शेयर पाउने भएका छन् ।

स्वाप रेशियो लगायत मर्जरका विषयमा दुबै कम्पनीको संचालक समितिबीच शुक्रबार सम्झौता पत्रमा अन्तिम हस्ताक्षर भएको छ । यी दुबै कम्पनी आपस गाभिए पश्चात सूर्य ज्योती लाईफ नाम दिइन लागेकोमा सूर्या लाईफका शेयरधनीले १ शेयर बराबर १ शेयर नै पाउनेछन् । 

शेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात खडा हुने कम्पनीको एकीकृत चुक्ता पूँजी करिब रु४ अर्ब ५५ करोड पुग्नेछ । नियमनकारी निकाय बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी रु ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउने सक्ने उच्च संंभावना छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया