नेपाल लाइफलाई खुल्यो १५.७८९५ प्रतिशत नगद लाभांश पारित गर्ने बाटो

३ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । 

बीमा समितिले कम्पनीको उक्त प्रस्तावित लाभांश र वित्तीय विवरणलाई आज कार्तिक ४ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । समितिले कम्पनीको प्रस्तावित लाभांशलाई स्वीकृति दिएसँगै अब साधारण सभाको बाटो खुलेको छ ।

कम्पनीको भाद्र ३० गते बसेको संचालक समितिको ३४४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएसँगै अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया