जीवन बीमा कम्पनीहरुले बढाए बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर

३ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा कम्पनीहरुले बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले ब्याजदर बढाएपछि बीमा कम्पनीहरुले पनि बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका हुन् ।

बीमा कम्पनीहरुले बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर १२ प्रतिशत पुर्याएका छन् । यसअघि १० प्रतिशत ब्याजमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा कर्जा वितरण गर्दै अइरहेका थिए ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको ब्याजदरलाई परिमार्जन गरेको छ ।

कम्पनीले बीमालेख धितोमा प्रवाह गर्ने त्यस्तो कर्जाको ब्याजदरलाई परिमार्जन गर्दै कम्पनीले १२ प्रतिशत पुर्याएको हो । कम्पनीले कार्तिक १ गते देखिनै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

यता जीवन बीमक संघले पनि बीमा लेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर बढाएको जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया