सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, ९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

३ बर्ष अगाडि

काठमाडौंं- सिटिजन्स बैंकको सोह्रौँ वार्षिक साधारण सभा बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाण्डौमा सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रूपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव पारित भएको हो । यससँगै सिटिजन्स बैंक आ.व. २०७८र७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१ः४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयर  साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया