काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीको बिरगंज शाखाले स्वर्गीय दुखा राउतको परिवारलाई मृत्यु दाबी वापतको सो रकम भुक्तानी गरेको हो।
स्वर्गीय दुखा राउतले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसाद र कर्मचारी राम अशिष प्रसाद पटेल ,निशा कुमारी लगाएतको उपस्थिति थियो ।
प्रतिक्रिया