लिग-१ : पहिलोपटक मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित

३ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च क्लब पिएसजीका सुपरस्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाडेपछि क्लबको लिग फुटबलमा पहिलोपटक 'प्लेयर अफ् द मन्थ'को अवार्ड जितेका छन् । 

पेरिस क्लबमा दोस्रो सिजन बिताइरहेका मेस्सीलाई फ्रान्सको घरेलु लिग-१ ले पहिलोपटक महिनाकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । बिहीबार लिग-१ ले ३५ वर्षका अर्जेन्टिनी खेलाडीलाई सेप्टेम्बर महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो ।

गत सिजन घरेलु लिगमा सिजनभरमा जम्मा ६ गोल गरेका मेस्सीले यो सिजन सुरुआतबाटै उत्कृष्ट सुरुआत गरेका छन् । उनले सेप्टेम्बर महिनामा लिग -१ मा जम्मा ४ खेल खेलेका थिए । 

त्यस क्रममा उनले १ गोल गर्दै ५ गोलमा असिस्ट प्रदान गरेका थिए । उनले ४ खेलबाट सोझै ६ गोलमा योगदान दिएका थिए । यो अन्य कुनै पनि खेलाडीको भन्दा व्यक्तिगत रूपमा उत्कृष्ट तथ्यांक हो । सिजनको सुरुआतमा मेस्सीले च्याम्पियन्स लिगभन्दा लिग-१ मा उत्कृष्ट सुरुआत गरेका छन् ।

यो सिजन मेस्सीले पिएसजीका लागि लिग-१ र च्याम्पियन्स लिग गरी जम्मा १३ खेलबाट ७ गोल गर्दै ७ गोलमा असिस्ट पनि गरेका छन् । उनले मात्रै ७ खेलबाट १४ गोलमा सोझै योगदान दिएका छन् । 

पिएसजीले आज राति लिग-१ मा अजासियोविरुद्ध खेल्दै छ । उक्त खेलअघि मेस्सीलाई प्लेयर अफ् द मन्थको अवार्ड प्रदान गरिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया