माई खोला हाइड्रोले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्ने, दियो सेबोनमा निवेदन

३ बर्ष अगाडि

काठमाडौं - माई खोला हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग आईपीओ निष्कासनको अनुमति मागेको हो । 

हाइड्रोपावरले बोर्डसँग १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर बिक्रीको अनुमति मागेको छ । हाइड्रोपावरले असोज ३० गते सर्वसाधारणमा सेयर बिक्रीको अनुमति माग्दै सेबोनमा आवेदन दिएको हो । 

हाइड्रोपावरले प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र सर्वसाधारणमा सेयर बिक्रीमा ल्याउनेछन् । 

बोर्डबाट सेयर निष्कासन अनुमति पाएको दुई महिनाभित्र सेयर बिक्रीमा ल्याइसक्नुपर्ने प्रावधान रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया