नेपाल आयल निगमले माग्यो भारी संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । निगमले एक सूचना जारी गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो  । 

निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ । बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया