बैंकिङ प्रणालीमा थपियो एकैदिन ४१ अर्ब

३ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीमा एकैदिन ४१ अर्ब रुपैयाँ थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३१ गते एकैदिन निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो । 

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ५१ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो । 

यो दिन वाणिज्य बैंकहरुको मात्रै निक्षेप २९ अर्ब रुपैयाँले बढेको छ । गत असोज ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा असोज ३१ गते बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो ।

गत असोज ३१ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ३५ अर्ब रुपैयाँले बढेको छ । गत असोज ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा असोज ३१ गतेसम्म बढेर ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको हो । 

असोज ३१ गते एकैदिन वाणिज्य बैंकहरुबाट ३२ अर्ब रुपैयाँ कर्जा लगानी भनेको छ । योसँगै वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ थियो । 

निक्षेपमा सुधार आएसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो असोज ३१ गते ८६.९१ प्रतिशतमा झरेको छ । अघिल्लो दिनसम्म सीडी रेसियो ८६.९७ प्रतिशत थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया