काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो १२औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।
सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा हुनेछ । सभा विहान ११ बजे भौतिक तथा जुम मार्फत हुने जनाएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण र त्यस सम्बन्धीका अनुसूचिहरु छलफल गरी पारीत गर्ने छ ।
त्यस्तै, सभाले आर्थिाक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले यस कम्पनी यूनियन लाइफ, प्राइम लाइफ एक आपसमा गाभ्ने गाभिने सम्बन्धयमा मर्जर समितिबाट पेश हुन आएकोमा प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने र मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गर्नेछ ।
त्यसैगरी कम्पनी एक आपसमा भाभ्ने गाभिने सम्बन्धमा सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांशको प्रस्तावलाई अनुमोदन गर्नेछ ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज २६ गते बुकक्लोज गरिसकेको छ । त्यसकारण असोज २५ गते मंगलबारसम्म मात्रै कायम शेयरधनीहरुले सभामा भाग लिन तथा कम्पनीको प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया