कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गदैं नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, कति ?

३ बर्ष अगाडि

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्न लागेको हो ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा  खुला बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ । 

जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्कासन गर्नेछ । सो मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।

सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया