बीओके क्यापिटलको एजीएम आज, मुख्य अजेन्डा लाभांश पारित

३ बर्ष अगाडि

काठमाडौं - बीओके क्यापिटल मार्केट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आज कात्तिक ४ गते आयोजना गर्दैछ । 

सभा काठमाडौंको नक्साल नारायणचौरस्थित कम्पनी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ का लागि वितरण गर्न प्रस्तावित कम्पनीको चुक्तापुँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश १ करोड २१ लाख ५९ हजार रुपैयाँ (लाभांश करसहित) अनुमोदन गर्नेछ । 

सभाले उक्त आर्थिक वर्षको कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया