काठमाडौं-साता अन्तिम कारोबारको दिन शेयर बजार झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३८ अंकले घटेर १८४४.१४ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै आज कारोबार समेत ५० करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अभियान लघुवित्तको शेयर ३ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यस्तै, गरिमा विकास बैंकको २ करोड ६७ लाख, एभरेष्ट बैंकको २ करोड ४९ लाख, नबिल बैंकको २ करोड ३७ लाख र एनआइसी एशिया बैंकको १ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया