एनएमबी बैंकले ल्यायो १० करोड अमेरिकी डलर प्रत्यक्ष वैदेशिक ऋण

३ बर्ष अगाडि

काठमाडौं - एनएमबी बैंकले १३ अर्ब ३० करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) प्रत्यक्ष वैदेशिक ऋण ल्याएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय  विकासका लागि वित्त निगम (डिएफसी) मार्फत सो रकम प्राप्त हुने बैंकले जनाएको छ ।

नेपालको लघु, साना मझौला तथा मध्यमस्तरका उद्योग सञ्चालन सहायताका लागि यो ऋण प्रप्त भएको बैंकले जनाएको छ । यो शीर्षकमा  नेपालका बैंकमा डीफसीको सबै भन्दा ठूलो प्रत्यक्ष ऋण हो ।

यो सहायताले विद्यमान तरलता अभावको अवस्थामा अर्थतन्त्रमा थप वित्तीय सुविधाले केही सहजता प्रदान गर्ने अपेक्षा बैंकको छ । “डिएफसीसँगको साझेदारीले नेपालमा आर्थिक दिगोपन, रोजगारी सृजना र महिलाको जिविकोपार्जन सुधारमा सहयोग पुग्नेछ,” बैंकले जानकारी दिएको छ ।

एनएमबी बैंकले हालसम्म विभिन्न ९ विकास साहयता संस्थामार्फत ३० करोड अमेरिकी डलर नेपाल भित्राइसकेको छ । जलविद्युत् नविकरणीय ऊर्जा कृषि र साना तथा मझौला उद्यममा लगानी प्रवर्द्धन गर्ने लक्ष्यले एनएमबीले प्रत्यक्ष वैदेशिक संस्थाहरूबाट प्रत्यक्ष ऋण लिने गरेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया