टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

३ बर्ष अगाडि

काठमाडौं- टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सफलतापूर्वक सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो । 

लन्च कार्यक्रम संगै जगदम्बा मोटर्सले 'TVS Great Grand Exchange and Finance Mela' भबिु नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । 

युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फंसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ । यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (RT–Fi)ईन्जिन ले ५५०० RP टर्क प्रदान गर्दछ । 

TVS मोटर कम्पनी बारे
टिभिएस मोटर कम्पनी विश्वव्यापी रूपमा एक प्रतिष्ठित दुई र तीन पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो, जसले भारतको होसुर, मैसुरु र नालागढ र इन्डोनेसियाको कारवाङमा चारवटा अत्याधुनिक उत्पादन सुविधाहरूसहितको सस्टेनेबल मोबिलिटीमा प्रगति हासिल गरेको छ । विश्वास, मूल्य, र ग्राहकको भरोसा जित्न सफल हामी उच्च गुणस्तरको अन्तर्राष्ट्रिय स्थरका उत्पादनहरू बनाउने कुरामा गर्व गर्छौं । हामी प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्ग्रे सवारी कम्पनी हौं । हाम्रा उत्पादनहरू J.D. Power IQS / APEAL सर्वेक्षणहरूमा आ–आफ्नो वर्गहरूमा सफलता हासिल गर्न सफल भएका छन्। हामी लगातार चार वर्षको लागि J.D. पावर ग्राहक सेवा सन्तुष्टि सर्वेक्षणमा पनि नम्बर ज्ञ कम्पनी बन्न सफल भएका छौं । युनाइटेड किंगडममा रहेको हाम्रो समूह कम्पनी नोर्टन मोटरसाइकल विश्वको सबैभन्दा प्रख्यात मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो । त्ख्क् मोटर कम्पनी सञ्चालन हुने ८० वोटा देशहरूमा ग्राहकबर्गमा सबैभन्दा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनि मानिन्छ । 

थप जानकारीको लागि, कृपया www.tvsmotor.com मा जानुहोस् वा www.tvsnepal.com मा जानुहोस् । अन्य जानकारीको लागि प्रियंका कुमार –Priyanka.kumar@tvsmotor मा सम्पर्क गर्नुहोस् ।

जगदम्बा मोटर्स बारे 
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ । शंकरलाल अग्रवालद्वारा सन् १९७९ मा विविध अपरेटिङ कम्पनीहरूको एकीकरणका साथ शंकर समूहको स्थापना भएको थियो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो ।  

शंकर समूहले अटोमोटिभ, स्टिल, सिमेन्ट, इन्जिनियरिङ्, इलेक्ट्रोनिक्स, लगानी, आभूषण, सामग्री, खानी, प्याकेजिङ्ग, घरजग्गा, सिन्थेटिक्स, टेक्सटाइल, ट्राभल एण्ड हस्पिटालिटी र ट्रेडिङका विभिन्न व्यवसायिक क्षेत्रहरूमा सञ्चालन गर्ने कम्पनीहरू समावेश गरेको छ । यस मध्य टिभिएस ब्रान्ड नेपालमा दुई पाङ्ग्रे सवारी साधनको ब्रान्डमा पूर्णस्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।


३ बर्ष अगाडि

प्रतिक्रिया