कोरोना बीमा बापत एक अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी थाल्ने भएको हो । कोरोना बीमा दाबी भुक्तानीको लागि अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकास गरेपछि समितिले भुक्तानी थाल्ने तयारी थालेको हो ।

अर्थ मन्त्रालयले पठाएको एक अर्ब र थप ८१ करोड रुपैयाँ गरी कुल एक अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी थालेको बीमा समितिले जनाएको छ । दाबी भुक्तानी बाँकी रहेको रकम मध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने मोडालिटी बनेको छ । 

त्यस अनुसार सरकारले पठाएको १ अर्ब रुपैयाँको ४५ प्रतिशत अर्थात ८१ करोड रुपैयाँ भुक्तानीको लागि थप्न लागेको हो । भुक्तानी गर्न लागिएको एक अर्ब ८१ करोड रुपैयाँ एक लाख दरका भुक्तानी गर्दा १८ हजार १०० जना बीमितले मात्रै पाउने देखिन्छ ।

भुक्तानी गर्नुपर्ने रकम थोरै भएकोले बीमा समितिले पीसीआर परीक्षण मितिको आधारमा भुक्तानी दिने तयारी भइरहेको समितिले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया