काभ्रे जिल्लाको पनौती नगरपालिका २, धाराचौरमा जारी जिल्लाव्यापी पालिकास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका चार खेल सम्पन्न भएका छन्।
हिजो भएका खेलमा खानीखोला गाउँपालिका, पनौती नगरपालिका, महाभारत गाउँपालिका र बेथानचोक गाउँपालिकाका टिम विजयी भएका छन्।
लिगको पहिलो प्रतिस्पर्धात्मक खेलमा खानीखेलाले मण्डन देउपुर नगरपालिकालाई २५-१४, १९-२५ र २५-२३ ले पराजित गरेको हो ।
यस्तै, दोस्रो खेलमा भने पनौती नगरपालिकाले बाजी मार्न सफल भएको छ । पनौतीले बनेपा नगरपालिकालाई २५-२३ र २५-२० ले पराजित गर्यो।
त्यसैगरी, महाभारत गाउँपालिकाले पनौती नगरपालिका २ लाई २५-१४ र २९-२७ अंकले पराजित गर्यो भने चौथो खेलमा बेथानचोकले २५-१६ र २५-२२ को स्कोरले धुलिखेल नगरपालिकाको न्यु गौखुरेश्वर युवा क्लबलाई हराएको थियो।
बिहीबार हिजो भएको खेलका विजेता र उपविजेताबीच खेल हुनेछ।
पनौती नगरपालिकाको आयोजना, कुशादेवी युवा क्लब र लप्सेटार युवा समूहको समन्वयमा सञ्चालित प्रतियोगिता आगामी ५ गतेसम्म चल्नेछ।
प्रतिक्रिया