आईपीओ निष्कासनको अनुमति माग्दै सोबोन पुग्यो रिपब्लिक मिडिया, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन०सँग आईपीओ निष्कासनको अनुमति मागेको हो । 

यसका लागि कम्पनीले सेबोनमा हिजो कात्तिक २ गते निवेदन दर्ता गराएको छ । सेबोनले अनुमति दिएमा यो कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ ।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ । 

अन्य समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया