काठमाडौं- धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर गरी १० लाख ३१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसा देखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस रेन्जमा रहेर आइतबार पहिलो कारोबार खुल्नेछ ।
कम्पनीको शेयरलाई नेप्सेले म्ीद्यक् कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया