प्लास्टिक जन्य फूलगुच्छा र माल बिक्रीवितरण गर्नेलाई १ लाख जरिवाना

३ बर्ष अगाडि

काठमाडौं - नजिकिँदो तिहार र छठ पर्वमा प्लास्टिक जन्य फूलगुच्छा र माल बिक्रीवितरण गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । 

वन तथा वातावरण मन्त्रालयले आज एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छा तथा माल बिक्रीवितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना लगाइने चेतावनी दिएको छ ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि लागू हुने गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले सूचनामा स्पष्ट पारेको छ । 

तिहार र छठजस्ता चाडपर्वमा त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया