काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको असोज २ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँबराबरको बोनस शेयर वितरण गरिने प्रस्ताव गरेको छ।
बोनस शेयर कर प्रयोजनार्थ १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश पनि कम्पनीले प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया