काठमाडौं - लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी गराएको छ । यो सेयर खरिदका लागि इच्छुक योग्य सर्वसाधारण र संस्थाले आवेदन पेस गर्न सक्नेछन् ।
बैंकले संस्थापक सेयरधनीहरु युगराज रेग्मीको स्वामित्वमा रहेको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोखरेलको ४ हजार कित्ता यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो ।
तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरेको हो । इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया