काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशत धेरैले बढी बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ८९ लाख रुपैयाँ मात्र थियो ।
यस अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा १०१.९८ प्रतिशत बढेको हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा शतप्रतिशतभन्दा बढी बढेसँगै लघुवित्तको खुद नाफा पनि सोही अनुसार बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.९७ प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्जमा १ करोड ६७ लाख रुपैयाँ राखेको यस लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११२.९८ प्रतिशत बढेको छ ।
लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १० रुपैयाँ ३४ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ६५ पैसा बढेर १८ रुपैयाँ ९९ पैसा पुगेको छ ।
सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा २९.६९ प्रतिशत बढेर २१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, यस तीन महिनामा लघुवित्तको सापटी ३९.९५ प्रतिशत बढेको छ भने कर्जा ३७.६६ प्रतिशत बढेको छ ।
प्रतिक्रिया