एजेन्सी - बेलायतमा महँगी गएको सेप्टेम्बर महिनामा ४० वर्षयताकै उच्च भएको छ ।
बुधबार प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर हाल १०.१ प्रतिशत पुगेको छ। अगष्टमा मुद्रास्फीति ९।९ प्रतिशत रहेको थियो ।
बेलायतमा हाल खाद्यपदार्थको मूल्य आकासिएको छ । योसँगै मानिस दैनिक जीवनयापन कष्टकर बनेको छ ।
मुद्रास्फीति दोहोरो अंकमा पुगेपछि बैंक अफ इंग्ल्यान्डलाई टाउको दुखाइको विषय भएको छ । बैंक अफ इंग्ल्यान्डका गर्भनर एन्ड्रयु बेलीले मुद्रास्फीति बढेसँगै महँगी नियन्त्रण गर्न कडा कदम आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया