काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले आजैदेखि लागू हुने गरी लम्साललाई सञ्चालकमा नियुक्ति गरेको हो । नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गरेका छन् ।
अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्सालले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका थिए ।
बैंकको सेयरधनी समूहबाट सञ्चालकका रुपमा नियुक्त लम्साललाई बैंकले सफल कार्यकालको कामना गरेको छ ।
प्रतिक्रिया