काठमाडौं, साताको चौथो दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंक घटेको छ।
यस दिन २१६ स्टकको २० हजार २७४ पटकको कारोबारमा ६४ करोड ३६ लाख ७ हजार कित्ता शेयर २१ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन अपर हेवाखोलाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ भने सामलिङ्ग पावरको ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै होटलको शेयर कारोबार बढेको हो। होटलको यस दिन ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र रिडी हाइड्रोपावरको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ। यता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत र
प्रतिक्रिया