काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षसम्म ३२ करोड रुपैयाँ बेरुजु देखिएको छ । पटक–पटकको प्रयासपछि पनि बेरुजु फर्छ्यौट नभएपछि मन्त्रालयले बेरुजु फर्छ्यौट कार्ययोजना बनाई कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेर पेश्की रकम फर्छ्यौट गराउन शुरू गरेको छ ।
३२ करोड बेरुजुमध्ये मन्त्रालय र मन्त्रालयका केन्द्रीय कार्यक्रम अन्तर्गत २४ करोड २१ लाख ८१ हजार, वैदेशिक रोजगार विभागमा २५ लाख ९ हजार, वैदेशिक रोजगार कार्यालय ताहाचलमा १५ लाख १९ हजार, वैदेशिक रोजगार बोर्डमा ६ करोड १५ लाख ९५ हजार र वैदेशिक रोजगार न्यायाधिकरणमा ६२ हजार बेरुजु रहेको मन्त्रालयले जनाएको छ ।
ईपीएस कोरिया शाखा ग्वार्कोसहित ८ वटा श्रम तथा रोजगार कार्यालयको बेरुजु भने शुन्य रहेकोे छ । बेरुजुलाई आर्थिक अनुशासन पालनाको ऐनका रुपमा हेर्ने गरिएको छ । बेरुजु आफैंमा भ्रष्टाचार नभए पनि भ्रष्टाचारको शुरुवात बेरुजुबाट हुने मान्यता छ ।
प्रतिक्रिया