सातै प्रदेशको ७७ वटै जिल्लाको सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ वटै जिल्लाका सदरमुकाममा बैंकको सेवा पुगेको हो । 

वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ पहुँच पुर्याइरहेको छ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

२०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप रु. २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु।. २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८/७९ मा बैैंंकको सेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु। ३ खर्ब २९ अर्ब पुगेको छ ।

बैंकको सफलताका लागि उल्लेखनीय योगदान पुर्याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाप्रति बैंकले हार्दिक धन्यवाद प्रकट गरेको छ । यसका साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया