'फ्रि भिसा, फ्रि टिकेट'मा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै किसान श्रेष्ठलाई निर्वाचन आयोगले  सोध्यो २४ घण्टे स्पष्टीकरण

३ बर्ष अगाडि

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं।४ का उम्मेदवार कृष्णकुमार ९किसान श्रेष्ठ० लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । 

नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठको विषयमा केही दिन अघि युट्युबमा सार्वजनिक भिडियो प्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

'किसान श्रेष्ठको चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले 'फ्रि भिसा फ्रि टिकेट'मा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै त्यस प्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया