काठमाडौं - ४२ बिलियन पाउन्ड बराबरको पूरक बजेट घोषणा गर्दै बेलायती अर्थमन्त्री जेरेकी हन्टले कर्पोरेट कर कटौती नगर्ने घोषणा गरेका छन् ।
उनको यस निर्णयले अन्तराष्ट्रिय विनिमय बजारमा निरन्तर आकाशिएको डलरको विरुद्धमा पाउन्ड सशक्त देखिएको छ । हन्टको उक्त निर्णय पछि डलरको विनिमयमा पाउन्ड ०.३६ प्रतिशतले बढेको छ ।
मंगलबार एक पाउन्ड बराबर १.१३९८ अमेरिकी डलरमा विनिमय भएको हो । यसैगरी जापानी येन डलरसँगको विनिमयमा ३० वर्ष यताकै कमजोर हुन पुगेको छ ।
बेलायतको उक्त निर्णयले हिजो १ अमेरिकी डलर बराबर १४९.१० येनमा विनिमय भइरहेको येन मंगलबार एक अमेरिकी डलर बराबर १४८.८२ येनमा विनिमय भएको हो । सोमबारको तुलनामा डलर येनसम्गको विनिमयमा ०.१३ प्रतिशत कमजोर देखिएको हो ।
यस अघि जापानी केन्द्रीय बैंक, बैंक अफ जापानले डलरसँगको विनिमय दर सन्तुलनमा ल्याउन हस्तक्षेप गर्ने भनिएता पनि त्यसको प्रभाव शून्य रहेको छ ।
बेलायतले कर्पोरेट कर फिर्ता नलिने निर्णय गरेपछि मंगलबार युरो डलरको विरुद्धमा ०।१४ प्रतिशतले सशक्त रहेको थियो । मंगलबार एक युरो बराबर ०.९८५९ अमेरिकी डलरमा कारोबार भएको हो ।
प्रतिक्रिया