प्राइम लाइफ इन्स्योरेन्सको बीमालेख धितो कर्जाको व्याजदर बढ्यो

३ बर्ष अगाडि

 काठमाडौं-प्राइम लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर बढाएको छ ।

कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको हो ।

बीमालेख धितोमा कम्पनीले १० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले १२ प्रतिशत पुर्याएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदर कार्तिक १ गते देखि लागू हुने जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया