काठमाडौं, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले २ हजार २५४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तले सो शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केबजार धनुषामा दरखास्त बुझाउन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया