शून्य लागतमा कतारले माग्यो नेपाली कामदार, मासिक तलब एक ९६ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - शून्य लागतमा कतारले नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि जना ४६ जना पुरुष र १४ जना महिला गरी जम्मा ६० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३९ हजार माथिदेखि एक लाख ९६ हजार बढि पाउनेछ । इच्छुक कामदारले लाइफ लाइन ओभरसिज प्रालिको कार्यालय गोगंबु काठमाडौंमा कार्तिक ७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्नेछ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया