त्रिशूली जलविद्युतले निष्कासन गरेको आईपीओ बापतको बाँकी रकममध्ये अहिलेसम्म १५ करोड बढी उठ्यो

३ बर्ष अगाडि

काठमाडौं - त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर ९आईपीओ०बापतको बाँकी रकममध्ये अहिलेसम्म १५ करोड रुपैयाँ बढी उठाएको छ । 

कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान गरेको थियो । आज असोज ३१ गते बिहान १० बजेसम्म कम्पनीले ७३ हजार ३१० आवेदकबाट बाँकी रकम उठाएको हो । 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहानसम्म ती आवेदकबाट १७ लाख २९ हजार १७३ कित्ताबापत १५ करोड ४ लाख ३८ हजार ५१ रुपैयाँ प्राप्त भएको छ । 

माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँकी रकम बुझाउन सेयरधनीहरुलाई आग्रह गरेको थियो । 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ मा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता ९कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर जारी गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँमात्र संकलन गरेको थियो । 

रकम बुझाउन कम्पनीले कात्तिक १७ गतेसम्मको समय तोकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया