काठमाडौं - असोजको चौथो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ । नेपाल बैंकर्स एसोसिएसन ९एनबीए०को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप असोजको चौथो साता (असोज २२ गतेदेखि असोज २८ गतेसम्म) ८ अर्ब रुपैयाँले बढेको हो ।
योसँगै कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । गत असोज २१ गतेसम्म कुल निक्षेप ४५ अर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । असोज लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ । गत भदौ मसान्तसम्म कुल निक्षेप ४४ अर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा असोज २८ गतेसम्म बढेर ४५ अर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने स्थिर रहेको छ । गत असोज २१ गतेसम्म कुल कर्जा लगानी ४१ अर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असोज २८ गतेसम्म पनि त्यति नै छ ।
असोज लागेयता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले मात्रै बढेको छ । असोज २८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.९६ प्रतिशतमा झरेको छ । असोज २१ गतेसम्म सीडी रेसियो ८७.२५ प्रतिशत थियो ।
प्रतिक्रिया