काठमाडौं - अन्तराष्ट्रिय बजारमा भदौं अन्तिममा आईफोन १४ सार्वजनिक भएपनि नेपाल आउने मिति भने अनिश्चित जस्तै भएको छ ।
सरकारले आयात प्रतिबन्धको समय लब्याउदै मंसिर मसान्तसम्म निजी सवारीसाधन तथा मोबाइल आयात प्रतिबन्ध लम्ब्याएपछि लोकप्रिय आइफोनको नयाँ भर्सन तत्कालन नेपाल नभित्रिने भएको हो ।
गत भदौंमा ‘फार आउट’ कार्यक्रम मार्फत् एप्पलले आईफोनको नयाँ मोडल आईफोन १४ सार्वजनिक गरेको थियो । तर, सरकारले आयात प्रतिबन्ध पटक पटक लब्याएपछि नेपालमा पनि प्रतिक्षा गरिएको आईफोन १४ आउन समय लाग्ने भएको छ । हाल नेपालका लागि आईफोनको आधिकारीक वितरण ओलिज स्टोरले गर्दै आएको छ ।
हाल आयात प्रतिबन्ध लम्ब्याउदै तीन सय डलर मूल्य माथिका मोबाइल आयातमा रोक लगाएको छ । नेपालमा सरकारले फोनको आयातमा प्रतिबन्ध लगाएका कारण तत्कालै नेपालमा आइफोन आउने सम्भावना नरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया