काठमाडौं - खाडी मुलुकमा वर्षायाम शुरु भएको छ । कम्तीमा ५२ दिन सम्म रहने वर्षायाममा तापक्रम घट्ने भएकोले स्थानीय नागरिकसँगै वैदेशिक रोजगारीका लागि यस क्षेत्रमा रहेका लाखौं मजदुरहरूले ठूलो राहत महसुस गर्न थालेका छन् ।
अत्याधिक गर्मी हुने यस क्षेत्रमा वर्षायाम शुरु भएसँगै तापक्रम ओरालो लाग्न शुरू भएको छ । कतारको दोहामा शनिबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम आइतबार दुई डिग्रीले झरेर ३५ डिग्री सेल्सियसमा ओर्लिएको छ । अधिकतम तापक्रम ३५ डिग्री र न्यूनतम तापक्रम २० डिग्रीसम्म झर्न सक्ने अनुमान गरिएको छ ।
दिनको समयमा तापक्रम सामान्य र रातको समयमा पश्चिमी वायुको कारण थप चिसो हुँदा जनजीवन सहज हुने बताइएको छ । कतारको मौसम विभागले वर्षाका कारण हेलियन्थहेम र गेरेनियम जस्ता स्थानीय बोटबिरुवा उम्रन शुरू भएको बताएको छ । बदलिएको मौसमसँगै रुघाखोकी जस्ता फ्लू देखा पर्ने भन्दै सतर्क रहन समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया