काठमाडौं - आज कारोबारको दोस्रो दिन सोमबार, नेप्सेको स्पेशल प्रि ओपन सेसनमा सयपत्री हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता १९४ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर गत बिहबिार नेप्सेमा सूचीकृत भएको थियो ।
यस अनुसार कम्पनीको पहिलो कारोबार हिजो अर्थात आइतबारको स्पेशल प्रि ओपन सेसनमा हुनुपर्ने थियो । तर, कारोबार म्याचिङ्ग नभएका कारण सो दिन कारोबार नभएपछि यस दिनको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
प्रतिक्रिया