सानिमा बैंकले ल्यायो थ्रि इन वान खाताको प्रणाली

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्रि इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्रि इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ्ग खाताका साथै सि–आस्वा र मेरो शेयरको आवेदन पनि दिन सकिने बैंकले जनाएको छ ।

साथै, थ्रि इन वान पोर्टल को ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नुहुनेछ । खाता भइसकेका ग्राहकले समेत यसबाट स–आस्वा तथा मेरो शेयरको सुबिधा लिन सक्ने बैंकको भनाई छ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्नेछन ।

यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्रि इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ आइपीओ मार्फत् शेयर खरिद गर्नु भएका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा थ्रि इन वान खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया