शेरबहादुर जी र म नै मिलिसकेपछि किन तपाईंहरू झगडा गरिरहनुभएको छ : शेखर कोइराला

३ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन् ।

मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो । त्यो तुषलाई सबैले त्यागौ । मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ कोइरालाले भने ।

उनले गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह पनि गरेका थिए । ‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन ? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन ? जब शेरबहादुर जी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने ।

उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया