नेयमारको निर्णायक गोलमा पीएसजीको जित

३ बर्ष अगाडि

एजेन्सी - फ्रान्सेली लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सिल्लेमाथि १–० गोल अन्तरको जित हात पारेको छ ।

आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले निर्णायक गोल गरेका थिए । 

यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ११ खेलबाट २९ अंक जोडेको छ । समान खेलबाट २६ अंक जोडेको लोरियन्ट दोस्रो स्थानमा छ । मार्सिल्लेले भने ११ खेलबाट २३ अंक जोडेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया