काठमाडौं - आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ९।६९ अंकले घटेर १,८६०.९४ को विन्दुमा कायम भएको छ ।
आज ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४८कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुँदा ८० करोड ३५ लाख २५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यो दिन अभियान लघुवित्तका सेयरधनीहरु मालामाल भए । यो लघुवित्तको सेयरभाउमा झन्डै १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ ।
आज पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ ।
प्रतिक्रिया