यी हुन् सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ९.६९ अंकले घटेर १,८६०.९४ को विन्दुमा कायम भएको छ । 

आज ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४८कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुँदा ८० करोड ३५ लाख २५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । 

आज एभरेस्ट बैंकको सर्वाधिक ८ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । गरिमा विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको ३ करोड ३२ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ९९ लाख रुपैयाँ, रिडी पावरको २ करोड ७८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६८ लाख रुपैयाँ, हिमालयन पावर पाटर्नरको २ करोड ४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १ करोड ७० लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ६० लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया