शेयर बजारमा ९ अंकको गिरावट, १ अर्बको पनि भएन कारोबार

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ९.६९ अंकले घटेर १,८६० दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४८कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुँदा ८० करोड ३५ लाख २५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज गरिमा विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । स्ट्यान्र्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंकका लगानीकर्ताले ५.१५ प्रशिततका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाउका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया