५५.५५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भयो मुक्तिनाथ कृषि कम्पनीको साधारण सभा ?

३ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ विकास बैंक तथा नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अगाडि बढिराखेको मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

गत असोज २८ गते बसेको साधारण सभाले सामान्य प्रस्तावअन्तर्गत अध्यक्षको आ.व.२०७८/७९ को वार्षिक प्रतिबेदन उपर छलफल तथा पारित, सोही आ।व।को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाहलगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ । 

सभाले विषेश प्रस्तावहरुमार्फत ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन, कम्पानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीउपर संशोधन प्रस्तावसमेत पारित गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया